Header Ads

बलात्कार विरुद्ध नायिकाको समाजलाई घचघच्याउने स्टाटस यस्तो छ !

काठमाडौं, चैत्र ४ । समाजमा दिनहुँ बढिरहेको बलात्कारको घटनाले यतिबेला आक्रोश पैदा गरिरहेको छ । ६ बर्षकी बालिकादेखि बृद्धसम्म मािथ भएका बलात्कारका घटनाले समाज आक्रान्त छ । सडकमा बलात्कारका घटना विरुद्ध आवाज उठिरहेका छन् भने सामाजिक संजाल पनि यसबाट अछुतो छैन । नेपाली चलचित्रका कलाकारहरुले पनि विभिन्न तबरले यो घटनाको विरोध गरिरहेका छन् । नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाले लेखेको फेसबुक स्टाटसले यतिबेला धेरैको ध्यान खिचेको छ । तर, दुई नायिकाको बलात्कारको घटनाको बिषयमा आफ्नो भनाई व्यक्त गर्ने तरिका र शैली भने धेरै नै फरक छ ।

नायिका केकी अधिकारी लेख्छिन्-‘ टिनको खरको क्रकिटको छानो भएको घर भन्दा अघि मेरो कोख तिम्रो घर थियो । अहंकारले फूल्ने छात्तीमा पहिलो श्वास त्यहीँ भरेको हुँ । क्रुर तिम्रा पंजाहरुका भाग्यरेखा त्यहीँ कोरेको हुँ । तिमीले हेर्ने आँखा, तिमी उभिने मेरुदण्ड, तिम्रा पुरुषार्थका प्रतिक अंग त्यहीँ भित्र हुर्किएका हुन् । एक पुरुष, म नारी हुँ । नविर्स मेरो कोख तिम्रो पहिलो घर हो ।’ यता, यस्तै आसयको भावमा

प्रियंका कार्की लेख्छिन्-‘ अरे बलात्कारीहरु, यो कुरा कसरी विर्सन्छस् कि नारीको जुन संवेदनशिल अंगको त नाश गर्छस्, त्यहीबाट निस्केपछि तेरो अस्तित्व सुरु भएको हो । नारीबाटै जन्म लिन्छस् र त्यही नारीको सम्मान गर्दैनस् ? पहिलो पल्ट त्यही नारीको दूध पिउछस् र पछि त्यही दुधको शिकार गर्छस् । तलाई लाज लाग्दैन ? धिक्कार छ ।’ केकी आफ्नो भनाई अगाडि यसरी राख्छिन्-‘खुब विरताको कुरा गर्छौ । खै कुन युद्ध लडेका हौ, के तिमीले जितेका हौ । कुन सिमानाको रक्षा गरेका हौ, को दुश्मनलाई हराएका हौ ? अध्यारोमा, एकान्तमा म आफै तिमीबाट असुरक्षित छु । तिम्रो पहिलो घर असुरक्षित छ । खुब पौरखको कुरा गर्छौ ? म सोच्दै छु, तिमी साच्चै विर हौ कि कायर हौ ? तिमीसँग ताकत छ भने म माथि कुदृष्टी लाउने आँखाहर फोडेर देखाउ । म माथि वर्चस्व जमाउने मेरुदण्डहरु भाँचेर देखाउ । म माथि आक्रमण गर्ने पंजाहर रोकेर देखाउ । छ तकात ? नत्र झुकाउ तिम्रो शिर, नफुलाउ तिम्रो छाती, किनकी म नै तिम्रो जननी हुँ ।’ केकीले पुरुषलाई शर्म गर भन्दै म तिम्रो पुरुषार्थलाई गिज्याइरहेछु भन्दै आफ्नो स्टाटस अन्त्य गरेकी छिन् । बलात्कारको समाचार दिनहुँ आइरहदा दुई नायिकाले समाजलाई घचघच्याउन यो स्टाटस कोरेका छन् ।
Powered by Blogger.