६२ वर्षीय बृद्धद्वारा १६ वर्षीया किशोरी बलात्कृत, गर्भवती समेत भएको खुलासा
पोखरा, चैत ४ । बलात्कारका घटनाको चारैतिर विरोध भैरहेको बेलामा कास्की जिल्लामा फेरि अर्को बलात्कार भएको छ । ६२ वर्षिय डिलबहादुर घर्तीले कास्कीको लुम्ले वडा नम्बर ६ मा १६ वर्षिय किशोरीलाई बलात्कार गरेका हुन् ।
बलात्कारको अभियोग लागेका डिलबहादुरलाई कास्की प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ भने किशोरीको स्वास्थ्य परिक्षण गरेको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले बताए । उनी ६ महिनाकी गर्भवती भएको स्थास्थ्य परिक्षणबाट देखिएको रजौरेले बताएका छन् ।

उनी ९ कक्षामा अध्ययनरत् छिन् । पूर्व सैनिक डिलबहादुरले विभिन्न प्रलोभनमा पारेर ६ महिना देखि नियमित बलात्कार गर्दै आएका थिए । लुम्लेस्थित सिद्ध निम्न माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन् । प्रारम्भमा सो घटनामा गाउँमै मिलाउने प्रयास गरिएको थियो ।
पीडित महिलालाई १५ लाख रुपैया दिने र दिलाउने प्रयास गरिए पनि केही गाउलेले गम्भीर प्रकृतिको घटना भएकाले उजुरी दिनु पर्ने अडान लिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
सोमबार मात्र पोखरामा पोखरेली चेली बचाउँ अभियानका साथ हजारौँ मानिस सडकमा उत्रिएर बलात्कारीलाई कडा कार्बाहीको माग गरेका थिए ।