Header Ads

जिरे खुर्सानी पिरो हुन छाडेपछि ‘मुन्द्रे’ मेरी बास्सैमा यसरि आउदै !

काठमाडौं । केही हप्ता अघिदेखि नेपाल टेलिभिजनमा चर्चित हास्य टेली श्रृंखला ‘जिरे खुर्सानी’काे नयाँ स्वाद पाउन सकिरहेका छैनन् दर्शकले । कारण हो विज्ञापन एजेन्सीको बदमासी । नेपाल टेलिभिजनमै भाँडभैलो मच्चाउने काण्डको प्रत्यक्ष असर पर्यो जिरे खुर्सानीलाई । अहिले जिरे खुर्सानीका पूरा भागहरु पुनःप्रसारण भइरहेको छ ।

एनटिभीसँग समय किनेर जिरे खुर्सानी प्रसारण गर्दै आएको विज्ञापन एजेन्सीले आर्थिक गडबडी गरेको भेटिएपछि जिरे खुर्सानीको प्रसारण रोकिएको हो । फुर्सदको बेला के गर्ने ? जिरे खुर्सानीका निर्माता तथा निर्देशक जितु नेपाललाई मेरी बास्सैका निर्देशक सिताराम कट्टेलले मेरी बास्सै तिर बोलाएपछि जितु पनि फुर्सदको समयमा मेरी बास्सैमा देखिने भएका छन् ।

के जिरे खुर्सानी पिरो हुन छाडेपछि जितु मेरी बास्सै तिर गएका हुन् त ? यस्तो भने होइन । नेपाल टेलिभिजनको लफडा मिलेपछि जितु जिरे खुर्सानीमै देखिनेछन् । तर केही साताको लागि भने दर्शकले जितु नेपाल ‘मुन्द्रे’ मेरी बास्सैमा देखिने भएका हुन् ।

नेपाल टेलिभिजनसँग समय किनेर जिरे खुर्सानी प्रसारण गर्दै आएको विज्ञापन एजेन्सीले बैंकको झुटो विवरण पेश गरेको भेटिएपछि, जिरे खुर्सानीको प्रसारण रोकिएको थियो ।
Powered by Blogger.