नेपाल यातायातको गाडीले जेब्राक्रसमै महिलालाई ठक्कर दियो
काठमाडौँ, फागुन २४ । नेपाल यातायातको गाडीले काठमाडौंको शान्तिनगरमा जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएको छ ।

नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ आइरहेको नेपाल यातायातको बा३ख ८८४ नम्बरको गाडीले बाटो काटिरहेकी करिब ३५ वर्षीया महिलालाई आज बिहान ठक्कर दिएको हो ।
गाडीको ठक्करबाट घाइते परिचय खुल्न नसकेकी ती महिलाको मिनभवनस्थित सिभिल अस्पालमा उपचार भइरहेको महानगरी प्रहरी वृत्त तीनकुनेका डिएसपी दानबहादुर कार्कीले अन्नपूर्णलाई बताए ।
दुर्घटना गराउने गाडी चालकलाई हिरासतमा लिइएको डिएसपी कार्कीले जानकारी दिए । गाडीलाई पनि प्रहरीले तीनकुनेस्थित प्रहरी कार्यालयमै राखेको छ ।
