विमानस्थल चार दिन बन्द भएपछि सयौं नेपाली यात्रु नयाँ दिल्ली विमानस्थलमा अलपत्र
नयाँदिल्ली । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार दिन बन्द भएपछि सयौं नेपाली यात्रु नयाँ दिल्ली विमानस्थलमा अलपत्र परेका छन् भने मुम्बईमा पनि ठूलो संख्यामा नेपाली अलपत्र छन् ।
दिल्ली विमानस्थलमा खाडी मुलुकबाट जेट एयरवेज चढेर आएका एक सय एक यात्रु तथा एयर इन्डिायाका सय यात्रु अलपत्र परेका छन् । ती यात्रुलाई जेट एयरवेज र इन्डियन एयरले विमानस्थलमा अलपत्रै छाडिदिएका छन् ।
दिल्ली विमानस्थलमा खाडी मुलुकबाट जेट एयरवेज चढेर आएका एक सय एक यात्रु तथा एयर इन्डिायाका सय यात्रु अलपत्र परेका छन् । ती यात्रुलाई जेट एयरवेज र इन्डियन एयरले विमानस्थलमा अलपत्रै छाडिदिएका छन् ।
यति नै नेपाली दिल्ली विमानस्थलमा अलपत्र परेको भन्ने संख्या यकिन गर्न नसकिए पनि दिल्लीस्थित नेपाली दूतावासले करिब दुई सय नेपाली अलपत्र परेको उल्लेख गरेको छ ।
‘जेट एयरवेज र एयर इन्डियाका करिब दुई सय यात्रु नयाँदिल्लीमा अलपत्र परेका छन्,’ दूतावासका डीसिएम कृष्णप्रसाद ढकालले भने,‘तिनीहरुलाई एक दिन दिल्ली र एक दिन मुम्बईका होटलमा राखिए भने अहिले विमानस्थलमा अलपत्र छाडिएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापेको छ ।