Header Ads

रेस्लिङ खेल्दा खेल्दै रेस्लरको ज्यान गयो -भिडियो सहित

एजेन्सी । एक मेक्सिकन रेस्लरको रेस्लर खेल्ने क्रममा ज्यान गएको छ । शुक्रबार राति हजारौं दर्शकबीच रेस्लिङ खेलिरहेका बेला विपक्षी खेलाडीले हानेको किक लागेर ती रेस्लरको रिंगमै ज्यान गएको हो ।

 मेक्सिकोमा इहिजो डेल पेर्रो अगुयोका रुपमा परिचित ३५ वर्षीय रेस्लर पेड्रो अगुयो रामिरेजको विपक्षी खेलाडीले उफ्रेर हानेको किक लागेर रिंगमै ज्यान गएको हो । किकले लागेर रिंगमा ढलेका उनी नउठेपछि उठाउन खोजिएको थियो ।

रिंगमा ढलेपछि उनलार्इ अस्पताल पुर्याएपछि चिकित्सकहरुले मृत घोषित गरेका थिए । उनीमाथि अर्का रेस्लर रे मिस्टेरियो जुनियरका रुपमा परिचित ओस्कर गुटियारेले उफ्रेर गर्दनमा किक हानेका थिए । रिंगमा ज्यान गुमाएका मेक्सिकन रेस्लर उनी रिंगमा ढलेको दुर्इ मिनेटसम्म अन्य रेस्लरले खेल जारी राखेका थिए । दुर्इ मिनेटसम्म उनी नउठेपछि अन्य सहभागीले उठाउन खोज्दा उनको प्राण गइसकेको थियो । रिंगमा ढलेपछि टिम म्याचका अन्य सहभागीहरुले दुर्इ मिनेटसम्म उनलार्इ उठाउने प्रयास गरेका थिए ।

मेक्सिकोमै भएको सो रेस्लिङका क्रममा रेस्लर अगुयोको ज्यान गएपछि उनका साथी र रेस्लरहरुसमेत स्तब्ध भएका छन् ।
Powered by Blogger.