शिक्षा र स्वास्थ्यमा लगानी गर्न कन्जुस्याँई नगरौं : शेष घले
काठमाडौं । गैर–आवासीय नेपाली संघ(एन.आर.एन.ए)का अध्यक्ष शेष घलेले शिक्षा र स्वास्थ्यमा सबैले आ–आफ्नो ठाउँबाट खुलेरै लगानी गर्नुपर्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अध्यक्ष घलेले शिक्षा र स्वास्थ्यमा जो कोहीले पनि खुलेर लगानी गर्नुपर्ने बताएका हुन् । सशक्त र प्रभावकारी शिक्षाको लागि आफ्नो संगठन निरन्तर रुपमा सक्रिय रहने विश्वास व्यक्त गर्दै उनले भने,‘हाम्रो शिक्षा प्रणालीलाई अझै मजबुत बनाउनुपर्नेछ, एस.एल.सी परिक्षामा देखिएको उत्तिर्ण दर निकै निराशजनक छ, त्यसलाई वृद्धि गर्नु अहिलेको आवाश्यकत्ता हो ।’
क्लबका अध्यक्ष ऋषि धमालाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले आफू पनि शिक्षाकै कारण आज स्थापित भएको भन्दै उनले आगामी दिनमा शिक्षामा खुलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एन.आर.एन.ए.एशिया प्यासिफिक मानवीय कल्याणकारी सहायता समितिका संयोजक कपिलदेव थापाले आफूले सन् २०१३ देखि जापानमा सञ्चालित ईभरेष्ट ईन्टरनेशनल स्कूललाई हालै नेपाल सरकारले नेपाली पाठ्यक्रम अनुसार सञ्चालन गर्न अनुमति दिएकोवारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घलेले थापाको पहलमा हासिल भएको उपलब्धि केवल जापानमा मात्रै नभएर विदेशमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुको लागि समेत कोशेढुँगा सावित हुने विश्वास व्यक्त गरे ।
क्लबका अध्यक्ष ऋषि धमालाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले आफू पनि शिक्षाकै कारण आज स्थापित भएको भन्दै उनले आगामी दिनमा शिक्षामा खुलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एन.आर.एन.ए.एशिया प्यासिफिक मानवीय कल्याणकारी सहायता समितिका संयोजक कपिलदेव थापाले आफूले सन् २०१३ देखि जापानमा सञ्चालित ईभरेष्ट ईन्टरनेशनल स्कूललाई हालै नेपाल सरकारले नेपाली पाठ्यक्रम अनुसार सञ्चालन गर्न अनुमति दिएकोवारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घलेले थापाको पहलमा हासिल भएको उपलब्धि केवल जापानमा मात्रै नभएर विदेशमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुको लागि समेत कोशेढुँगा सावित हुने विश्वास व्यक्त गरे ।

घलेले भने,‘विदेशमा बस्दापनि आफ्नो भाषा, संस्कृति, भेषभुषालाई आत्मासाथ गर्न विद्यालयस्तरीय पठनपाठन हासिल गर्न पाउनु हामी सम्पूर्ण गैर–आवासीय नेपालीहरुको लागि गौरवको विषय हो, मलाई आशा छ आगामी दिनमा विद्यालय स्तरमा मात्रै नभई अब यसलाई प्लस टु लेभलमा समेत पु्र्याउनुपर्छ ।’त्यस्तै घलेले खुल्ला विश्वविद्यालयको स्थापना गर्नुपर्छ भन्दै विगत एक दशकदेखि निरन्तर लागिपरेको भन्दै यस अभियानका अभियन्ता डा. प्रमोद ढकालको समेत खुलेरै प्रशंसा गरे । उनले खुल्ला विश्वविद्यालयको अवधारणालाई सफल र सार्थक पार्न एन.आर.एन.ए पूर्ण रुपमा लागि पर्ने समेत स्पष्ट पारे । अध्यक्ष घलेले नेपालको वर्तमान शैक्षिक प्रणालीलाई समेत सुदृढ गर्नुपर्ने आवाश्यकत्ता औंल्याए ।
एन.आर.एन.ए एशिया प्यासिफिक मानवीय कल्याणकारी सहायता समितिका संयोजक एवम् ईभरेष्ट ईन्टरनेशनल स्कूलका सञ्चालक समितिका सदस्य कपिलदेव थापाले आफूहरुले जापानमा सन २०१३ देखि विद्यालय सञ्चालन गरेको उल्लेख गर्दै नेपाल सरकारले समेत आफूहरुको पहल कदमीलाई सकारात्मक रुपमा लिएको विश्वास व्यक्त गरे । थापाले जापानमा रहेका नेपालीका छोराछोरीलाई नेपाली भाषामै पठनपाठन गराउने उद्देश्यले आफूहरुले उक्त विद्यालय सञ्चालन गरेको स्मरण गर्दै आज उक्त अभियानले सार्थकता पाएकोमा निकै खुशी रहेको बताए । थापाले भने,‘यो अभियानले संसारभरि छरिएर रहेका नेपालीहरुको सपना पुरा हुने विश्वास लिएका छौं, आफ्नो देशको संस्कृति, भाषा, भेषभुषालाई समेत संरक्षण एवम् प्रर्वद्धन गर्न यसले निकै मद्यत गर्नेछ ।’
एन.आर.एन.ए आज विश्वको ७० देशमा विस्तारित रहेको उल्लेख गर्दै सबै देशमा नेपाली पाठ्यक्रम अनुसार पठनपाठन सुरु भए धेरै नेपालीका छोराछोरीले आफ्नो भाषा र संस्कृतिको जर्गेना गर्न सक्ने थापाले स्पष्ट पारे । संगठनले आफूलाई मानवीय कल्याणकारी सहायता समितिको संयोजक बनाएको र उक्त अभिभारा आफूले सफल रुपमा पुरा गरेको स्मरण गर्दै सोही उद्देश्य अनुरुप भोलि सिन्धुपाल्चोकको जुरेमा बाढि पहिरो पीडितहरुको लागि एन.आर.एन.ए र हेल्प नेपालको सहयोगमा निर्माण हुने भवनको संगठनका अध्यक्ष शेष घलेले शिल्यान्यास गर्ने जानकारी समेत दिए ।
कार्यक्रममा खुल्ला विश्वविद्यालयका अभियन्ता डा. प्रमोद ढकालले आजको विश्व ग्लोबलाईजेशन भैसकेको भन्दै ज्ञान भन्ने कुरा व्यक्तिले जुनसुकै ठाउँमा रहेरपनि आर्जन गर्न सक्ने बताए । ढकाल विगत एक दशकदेखि यस अभियानमा सक्रिय छन । उनले नेपालको भौगोलिक अवस्था र सहर र गाउँबीचको शिक्षाको गुणस्तर र पहुँचमा रहेको विकराल खाडललाई पुर्न पनि खुल्ला विश्वविद्यालयको आवश्यकत्ता रहेको स्पष्ट पारे । पछिल्लो समयमा विश्वमा प्रयोग भएका वर्तमान सूचना तथा सञ्चार प्रविधिलाई संसारभरि जसरी मान्छेले प्रयोग गरेका छन् सोही अनुरुप नेपालीले पनि उपयोग गरेको उदाहारण पेश गर्दै सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट शिक्षा तथा ज्ञानलाई आम मानवसमक्ष उक्त सेवा पुर्याउन नेपालले पनि आत्मासाथ गर्नुपर्ने स्पष्ट पारे ।
उक्त विश्वविद्यालयको स्थापनाको लागि सरकारले विद्येयक संसदमा पेश गरेको समेत जानकारी दिए । त्यस्तै एन.आर.एन.एका जापानका अध्यक्ष पारसमणि पोखरेलले जापानमा रहेका सम्पूर्ण नेपालीहरुको लागि नेपाल सरकारले नेपाली पाठ्यक्रम अनुसार जापानमा सञ्चालनरत ईभेरेष्ट ईन्टरनेशनल विद्यालयलाई अनुमति दिएकोमा आफूहरु निकै उत्साही रहेको बताए । क्लबका अध्यक्ष ऋषि धमलाले गैर–आवासीय नेपाली संघले जुन किसिमले नेपालको विकासको लागि गरेको योगदानको प्रशंसा व्यक्त गर्दै आगामी दिनमा समेत नेपालमा लगानी गर्न अझै वृद्धि गर्नुपर्ने बताए । उनले आजको दिनमा एन.आर.एन.एले नेपालको सामाजिक आर्थिक विकासको लागि गरेको योगदान सँधै स्मरणयोग्य हुने बताए ।
