Header Ads

मलेसियामा फेरी अर्का एक नेपालीको मृत्यु

रामचन्द्र नेपाल, क्वालालम्पुर, चैत्र १२ । रोजगारीको लागि २५ महिनाअगाडि मलेसिया आईपुगेका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ ।

स्याङजा जिल्ला कृष्ण गण्डकी गाविस वडा न १ घर भई काजाङ सिमोनियामा रहेको ओवा इलेक्ट्रोनिक्समा कार्यरत २६ वर्षका टेकवहादुर थापाको मृत्यु भएको हो । अघिल्लो दिन विदा भएको कारण साथीभाईहरुसँग भेटघाट गरी रातीको १ वजेतिर थापा सुतेका थिए ।

अर्काे दिन विहान डिउटी जाने वेलामा दार्चुलाका साथी दिलिपले उठाउन जाँदा उनी ओछ्यानमै मृत अवस्थामा थिए । शवलाई पोसमार्टमको लागि स्थानिय शेरडाङ अस्पतालमा लगिएको छ । शवलाई नेपाल पठाउने तयारी भैरहेको भुपेन्द्र वोहोराले जानकारी गराए । मृतक थापा अविवाहित हुन ।

थापाको वुवाको पनि केहि समय अगाडि मात्रै नेपालमा निधन भएको थियो । घरमा आमा र वहिनीमात्र रहेको थापाको मृत्युको कारण भने खुलेको छैन । मलेसियामा विभिन्न कारणले हरेक दिनजसो नेपालीको मृत्यु हुने गरेकेा छ ।
Powered by Blogger.