Header Ads

मलेसियामा अवैध रुपमा काम गर्दै आएका एक नेपालीको मृत्यु

मलेसिया, चैत ८ । मलेसियामा काम गर्दा गर्दै ज्यान गुमाएका एक नेपाली युवाको शव नेपाल लैजान समस्या भएको छ । अवैध रुपमा मलेसियामा बसेर काम गर्दै आएका झापाको पृथ्वीनगरका प्रकाश लिम्बुको केही दिन अघि सुतेकै अवस्थामा ज्यान गएको थियो ।

तर आर्थिक अभावका कारण लिम्बुको शव नेपाल पठाउन समस्या भएको हो । लिम्बुको शव नेपाल पठाउन १० हजार रिङगेत भन्दा धेरै रकम लाग्ने बुझिएको छ । अवैधानिक रुपमा काम गरेकाले बिमा नहुने र शव पठाउन कम्पनीले जिम्मेवारी नलिएकाले लिम्बुको शव इपो पेराक राज्यको इपो अस्पतालमा राखिएको छ ।

लिम्बुको घरको आर्थिक अवस्था पनि कमजोर भएकाले शव नेपाल पठाउन नसकिएको मलेसियामासँगै काम गर्दै आएका लिम्बुका छिमेकी विनोद अधिकारीले बताउनुभयो । लिम्बु चार वर्ष अघि मलेसिया आएका थिए । तर राम्रो कमाइ नभएको भन्दै केही महिना अघिबाट अवैधानीक बनेका थिए ।

लिम्बुकी श्रीमती पनि रोजगारीका लागि इजरायलमा गएकी छन् । मलेसिया स्थित नेपाली दूताबासका अनुसार लिम्बुको शव नेपाल पठाउन सकिने तर आवश्यक कागजी प्रक्रियाका लागि वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा जानु पर्ने हुन्छ ।
Powered by Blogger.