Header Ads

एसएलसीमा चिट भेटे रेष्ट्रिकेट हुने

काठमाडौं,चैत २ । यही ५ चैतबाट देशभर हुन लागेको एसएलसीअन्तर्गत काठमाडौंमा हुने परीक्षामा कडा अनुगमन गरिने भएको छ ।

देशकै सबैभन्दा बढी परीक्षार्थी रहेको काठमाडौंमा एसएलसीलाई व्यवस्थित,अनुशासित र सफल बनाउन सबै प्रकारका तयारी पूरा भएको एसएलसी तयारी जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिए ।

 आइतबार जिल्ला शिक्षा कार्यालय काठमाडौंले गरेको केन्द्राध्यक्षका लागि अभिमुखीकरण कार्यक्रममा प्राजिअ अर्यालले परीक्षामा कुनै पनि चिटका टुक्रा भेटिनासाथ कडा कारबाही गर्न सम्पूर्ण केन्द्राध्यक्षलाई कडा निर्देशन दिए ‘परीक्षालाई मर्यादित र अनुशासित बनाउनुहोस्,चिट चोरेको पाइए तत्काल कारबाही गर्नुस्,तपाईंहरुको सुरक्षाको जिम्मा पूर्ण रुपमा हामी लिन्छौं,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।

काठमाडौंमा सबैभन्दा बढी ३४ हजार पाँच सय ८७ जनाले एसएलसी दिँदै छन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.