भारतबाट बिजुली किन्दा ६ महिनामा सवा अर्ब नोक्सान
काठमाडौं,फागुन २० । लोडसेडिङ कम गर्न भारतबाट बिजुली आयात गर्दा ६ महिनामा मात्रै विद्युत्त प्राधिकरणलाई १ अर्ब २४ करोड रुपैयाँ घाटा भएको छ । गएको अगस्टदेखि जनवरीसम्म विद्युत्त आयात गर्दा प्राधिकरणलाई यो नोक्सानी भएको हो ।
जनवरीदेखि विद्युत्त आयात थप भएकाले नोक्सानी अझ बढ्नेछ । लोडसेडिङ न्यून गर्न प्राधिकरणले भारतका विभिन्न संस्थाबाट २४० मेगावटसम्म बिजुली खरिद गरेको छ । हाल लोडसेडिङ ६ देखि ११ घनसम्म छ ।
यो वर्ष प्राधिकरणले पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) लिमिटेडका अतिरिक्त भारतको नर्थ विहार पावर डिस्ट्रिव्युसन कम्पनी लिमिटेड,उत्तरप्रदेश इलेक्ट्रिसिटी बोर्ड र उत्तराखण्ड इलेक्ट्रिसिटी बोर्डबाट बिजुली खरिद गरेको छ । भारतबाट महँगोमा आयात गरेर सस्तोमा बेच्दा घाटा भएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले बताउँछन् ।
बिहारबाट विद्युत्त आयात गर्दा चुहावतसमेत जोडेर प्रतियुनिट साढे १२ रुपैयाँसम्म पुग्ने जानकारी उनले दिए । जनवरीपछि धेरै विद्युत्र् आयात भएकाले नोक्सान अघिल्लो महिनाको तुलनामा धेरै बढ्ने उनको भनाइ छ । आजको कारोबार दैनिकमा खबर छ ।
