Header Ads

सुनको भाउ तोलामा ११ सय रुपैंयाले घटेपछि चहलपहल बढ्यो

काठमाडौं, फागुन २५ । सुनको भाउ तोलामा ११ सय रुपैंयाले घटेपछि सुन बजारमा केहि चहलपहल बढेको छ । उपभोक्ताको चहलपहल बढेपनि भाउ सोध्नको लागि मात्र उपभोक्ता छिर्ने गरेको ललितपुर सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष रुपकुमार शाक्यले बताउनु भयो ।

 उहाँका अनुसार अझैपनि सुनको भाउ घट्छ कि भनेर उपभोक्ता पर्ख र हेरको मनस्थितिमा छन् । यसपाली विवाहको सिजनमा पनि सुनको कारोबार आशा गरे जति नभएकोमा हिजो भाउ घटेकोमा सुनव्यवसायीहरु आशावादी भएका छन् ।

 गएको वर्ष यो महिनामा दैनिक ४० किलो भन्दा बढी कारोबार भएकोमा यसपाली आधा जति मात्र कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

 शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भएको उतार चढाव र देशको राजनीतिक अस्थिरताका कारण सुन बजारमा निराशा छाएको हुन सक्दछ ।
Powered by Blogger.