पदक विजेता विमला तामाङ नगद पुरस्कार सहित सम्मानित
काठमाडौ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ क्षेत्र नम्बर १ ले दक्षिण कोरियामा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा कास्य पदक हासिल गर्नुभएका विमला तामाङलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
सङ्घद्वारा आज यहाँ आयोजित सम्मान कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंह, सभासद् मोहनकुमार राई र नेपाल कराते महासघङ्घका अध्यक्ष पुरेन्द्रविक्रम लाखेले तामाङलाई नगद पुरस्कारसहित फूलमाला लगाइ सम्मान गरेका छन । सम्मानस्वरुप तामाङले रु पाँच लाख प्राप्त गरेकी छन ।
गत असोजमा दक्षिण कोरियाको इचोन सहरमा सम्पन्न १७ औँ एसियाड अन्तर्गत कराते खेलको एकल कातामा उनले नेपाललाई एक मात्र कास्य पदक दिलाएकी थिइन । सो अवसरमा उपप्रधानमन्त्री सिंहले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यस विषयलाई आगामी बन्ने नयाँ संविधानमा समेटिने आश्वासन दिइन ।
सभासद् राईले खेलाडी तामाङले एसियाडमा कास्यपदक जित्दै नेपालीको शिर उच्च पारेको बताइन । सम्मानति तामाङले १८ औँ एसियाडमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ आफू अगाडि बढ्ने विश्वास दिलाएकी छन ।