शरीरभरि रौं जस्तै नङ नै नङ, यस्तो कहिले देख्नु भएको छ, सुन्नु भएको छ ?
एजेन्सी । मानिसको शरीरमा रौं आउनु त सामान्य नै मानिन्छ । तर रौं को ठाउँमा नङ नै नङ आयो भने के होला ? यस्तै अवस्था भोग्न बाध्य छिन् यी महिला ।
अमेरिकाको मेरील्याण्डमा बस्ने ३२ वर्षीया महिलाको शरीरभरि रौंको साटो नङ नै नङ आएको छ ।
सन् २००९ देखि यिनको शरीरमा रौं को साटो नङ पलाउन थालेको थियो । उनले विगत ५ वर्षमा अनेक चिकित्सकसँग भेटेर उपचारको कोशिस पनि गरिन् । मेम्फिस यूनिवर्सिटीमा अध्यन गर्ने समयमा उनी विरामी परेपछि प्रयोग गरिएको औषधीको साइड इफेक्टले उनलाई यस्तो भएको अनुमान गरिएको छ ।
तर उनको अवस्था देखेर चिकित्सकहरु समेत अचम्मित छन् । उनको उपचारका लागि महिनामा २५००० डलर खर्च हुने गरेको छ ।