Header Ads

आज २७ औं विश्व एड्स दिवस - विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै

काठमाडौँ । आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । दिवसको यसवर्षको नारा ‘शुन्य नयाँ संक्रमण, शुन्य एड्स मृत्यु र शुन्य भेदभाव’ राखिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो । नेपालमा अहिले करिब ४० हजार जनामा एचआईभी संक्रमण रहेको राष्ट्रिय एचआईभीरएड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांक छ ।

ती मध्ये करिब २५ हजार संक्रमितहरु केन्द्रको नियमित सम्पर्कमा रहेको जनाइएको छ । केन्द्रसँग सम्पर्क आउने संक्रमितको संख्या गएको वर्षभन्दा कम भएको जनाइएको छ । उमेर समूहमा सबैभन्दा बढी १५ देखि ४९ वर्षका संक्रमित बढी अर्थात ३४ हजार भएको तथ्यांक छ । एचआईभी संक्रमण रोक्न तथा संक्रमितका लागि सरकारले जनचेतनामूलक तथा सेवामूलक कार्यक्रमहरु गरिरहेको छ । तर केन्द्रका अनुसार गएको वर्ष फेला परेका नयाँ संक्रमित मध्ये ८७ प्रतिशत असुरक्षित यौनसम्पर्ककै कारण भएको जनाएको छ ।
Powered by Blogger.