Header Ads

सकुसल एक नेपालीको १० मिनेटमा रहस्यमय मृत्यु

प्रदिप राई, क्वालालम्पुर मलेसिया । जोहोर राज्यको सेनाई SKP कम्पनिमा एक नेपाली कामदारको रहस्मय मृत्यु भएको छ । रौतहट जिल्ला चन्द्रनिगापुर – ९ का ३५ बर्षिय हर्क बहादुर माझिको हिजो २७ तारिक मृत्यु भएको हो।

जोहरबारुको सेनाइ SKP  कम्पनिमा कार्यरत माझि बेलुका डिउटी सकेर ८ बजे रुम मा सकुसल पुगी खान बनाइ खादै गर्दा छाती दुख्यो भनेर बेडमा सुतेको १० मिनेट पछी अती बिरामले च्यापेको थाहा भयो पछी साथीहरुको पहलमा सेनाई हस्पिटल पुर्यायको १० मिनेटमा मृत्‍यु भएको हाम्रो खोटाङ समाज जोहरका इकाई कमिटी अध्यक्ष रमेश राईले जानकारी दिनु भयो।

अहिले माझिको सब हस्पिटलमा रखिएको छ । SV मेनपावर कठमाण्डौ बाट ४ बर्ष अगाडि आउनु भएका माझीको ३ छोरी र श्रीमती छन।
Powered by Blogger.