Header Ads

छोरी बलात्कार गर्ने बाबुलाई ८ वर्ष कैद र एकलाख क्षतिपूर्तिको फैसला

भक्तपुर, मंसिर १४ । झडकेली छोरीलाई बलात्कार गरेर गर्भवती बनाउने बाबुलाई भक्तपुर जिल्ला अदालतले आठ वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

श्रीमती गर्भवती भएको बेलामा झड्केली छोरीलाई बलात्कार गर्ने धादिङ्ग घरभई भक्तपुरको कटुञ्जे डेरा गरेर बस्ने वर्ष २८ का पशुपति विकलाई न्यायाधीश बालेन्द्र रुपाखेतीको ईजलासले यस्तो सजाय सुनाएको अदालतका श्रेष्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

श्रीमानले डरधम्की देखाएर पटक पटक बलात्कार गरेको र छोरी गर्भवती भएको थाहा पाएपछि बिकविरुद्ध श्रीमतीले उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले बिकलाई पक्राऊ गरेको थियो । आमाको गर्भ ८ महिनाको रहँदा छोरीको गर्भ ६ महिनाको भईसकेकोले छोरीको गर्भ पतन गर्न नसकिएकाले छोरीलाई सिविसले संरक्षण दिएको छ ।

अदालतको फैसला अनुसार एकलाख रुपैयाँ क्षतिपूर्ति तत्काल विकसँग भराउन नसक्ने भएकाले विकको सम्पत्तिबाट पछि असुल उपर गर्नेगरि तत्काल नेपाल सरकारले दिने फैसला अदालतले गरेको छ । त्यस्तै गर्भवती वालिकाको संरक्षण गर्ने, उनीबाट जन्मने बच्चालाई आमाले संरक्षण गर्नसक्ने अवस्था नभएसम्म सिविसले संरक्षणमा राख्ने फैसला अदालतले गरेको अधिकारीले आइतबार जानकारी दिनुभयो ।
/div>
Powered by Blogger.