दुई प्रधानाध्यापकबीचको विवादले विद्यालयमा तालाबन्दी
इलाम । सूर्याेदय नगरपालिकास्थित गणेश्वरी माविमा प्रधानाध्यापक र पूर्व प्रधानाध्यापकबीच विवाद बढेपछि उनीहरूलाई हटाउन माग गर्दै शुक्रबारदेखि विद्यार्थीले विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
पूर्व प्रधानाध्यापक जीतबहादुर राई र वर्तमान प्रअ मनोज शाहबीच हात हालाहाल भएपछि विद्यार्थीले उनीहरूलाई नहटाउञ्जेल तालाबन्दी गर्ने जनाएका छन् । दुवै प्रधानाध्यापकलाई छुट्याउने क्रममा शिक्षक ममता राई, करुणा ढकाल र पूर्ण अधिकारी सामान्य घाइते भएका छन् ।
प्रधानाध्यापकलाई प्रहरी चौकी आइतबारेले नियन्त्रणमा लिएको छ । यसअघि पनि उनीहरूबीच विवाद हुँदा प्रहरीले मिलापत्र गरेको थियो ।
पटक–पटक प्रधानाध्यापकबीच भएको विवादले आफूहरूको पढाइमा गम्भीर असर परेको भन्दै विवाद साम्य नहुञ्जेल तालाबन्दी जारी राख्ने विद्यार्थीले जनाएका छन् ।