सातौं नेफ्टा फिल्म अवार्ड २०१४ हङकङमा भब्यताका साथ सम्पन्न
मुक काजी गुरुङ, हङकङ - २० अक्टोबर २०१४ का दिन नेपाल चलचित्र प्राविधिक संघको प्रस्तुति तथा श्री रिद्धि सिद्धि ज्वेलर्सको सातौं नेफ्टा फिल्म अवार्ड २०१४ विश्वको सुन्दर तथा आधुनिक शहर हङकङमा भब्यताका साथ सम्पन्न भएको छ।
सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल, चलचित्रकर्मी र एनआरएन हङकङका पदाधिकारी तथा आयोजकहरुले सातौ नेफ्टा फिल्म अवार्डको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
"रिद्धि सिद्धि सातौ नेफ्टा फिल्म अवार्ड" लेखिएको कार्डलाई संचारमन्त्री, कलाकार तथा आयोजकले दर्शक मांझ अनावरण गर्दै कार्यक्रमको शुरुवात गरेका थिए।
सुन्दर शहर हङकङस्थित बी पी इन्टरनेशनल होटलको एक हजार एकसय सीट क्षमता भएको भव्य हलमा खचाखच दर्शकहरुको उपस्थिति रहेको थियो ।
यो निस्वार्थ र पवित्रताले बांधेको हाम्रो बन्धन, रगतको नाता जस्तै अमर र अटक रहन्छ । विविध भाषा, धर्म र संस्कृतिका धनी हामी, जहां गए पनि, जहां बसे पनि, सात समुन्द्र पार रहे पनि बदलिन्छ शैली, बदलिन्छ भूगोल तर बदलिंदैन कहिल्यै नेपाली पन, कागजमा कोरिएका पहिचान हाम्रो अलग अलग होला, तर सारांगीमा रेटिन्छ, मादलको तालमै नाचिदिन्छ, एक पटकको नेपाली, जुनी भरीको नेपाली भई बांचिदिन्छ भन्दै महानायक राजेश हमालले कार्यक्रमलाई शुरुवात गरेका थिए ।
लगतै निर शाहको प्रवेश त्यसैगरि डिनेश डिसी र अन्तमा विल्सन बिक्रम राई(तक्मे बुढाको) हंसाईले कार्यक्रम अझ रोचक बनेका थियो। लगभग तीन दर्जन विधामा अवार्ड बितरण गरिएको थियो भने अभिनेता भुवन केसी र नेपाल प्रहरीका एसएसपी रमेश खरेललाई क्रमश: ग्रेट पर्फेक्ट लिमिटेड र एनआरएन हङकङको तर्फबाट सम्मान गरिएको थियो ।
यसैगरि कार्यक्रममा निर्मल राज पौडेललाई विज्ञापन गुरूको रूपमा नेपाल चलचित्र प्राबिधिक संघको तर्फबाट सम्मान गरिएको छ भने संगीतकार शम्भुजित बास्कोटालाई महान संगीतकार र नायिका करिश्मा मानन्धरलाई सदावहार नायिकाको रुपमा नेपाल चलचित्र प्राविधिक संघले सम्मान गरेको छ ।
सर्वोत्कृष्ट नायकको अवार्ड चलचित्र धन्दाबाट अर्पण थापाले हात पारेका छन भने चलचित्र बितेका पलबाट केकी अधिकारीले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन । बर्षकै सर्वोत्कृस्ट नायक तथा नायिकाहरुलाई क्रमश: सामसुङ एस ५ र डाइमण्ड फिस प्रदान गरिएको छ।
पपुलर नायक जीवन लुइटेल तथा नायिका झरना थापालाई पनि सामसुङ एस ५ र डाइमण्ड फिस प्रदान गरिएको छ। यसैगरि कार्यक्रममा आदिवासी चलचित्रलाई पनि अवार्ड वितरण गरिएको छ ।
कार्यक्रमको अन्तमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको संझनामा श्रीकृष्णका चर्चित गीतहरुमा नायिका झरना थापा लगायत अन्य नायक तथा नायिकाहरुले नृत्य प्रस्तुत गर्दै स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
कार्यक्रमको शुरुवातदेखि अन्तसम्म नेपालबाट आमन्त्रित नायक तथा नायिका, गायिका लगायत हंस्याकार विल्सन बिक्रम राई (तक्मे बुढा)ले दर्शकहरुलाई हंसाउन सफल रहे भने कार्यक्रममा चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले सातौं नेफ्टा अवार्डको बारेमा बोलेका थिए ।
अवार्ड समारोहमा सञ्चार मन्त्री मिनेन्द्र रिजाल, नेपाल प्रहरीका एसएसपी रमेश खरेल लगायत ८५ जनाभन्दा बढी कलाकार, प्राविधिक, निर्माता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको आयोजक बताउंछन ।
सातौं नेफ्टा फिल्म अवार्ड २०१४ मा अन्य अवार्ड बिजेताहरु यस प्रकार रहेका छन ।
१, उत्कृष्ट लेखक :- अर्पण थापा (धन्दा)
२, सर्वोत्कृष्ट पटकथा :- सुवर्ण थापा (सुनगाभा)
३, सर्वोत्कृष्ट संवाद :- दीपकराज गिरी (छ एकान छ)
४, सर्वोत्कृष्ट श्रृङ्गार :- निमा लामा (धन्दा)
५, सर्वोत्कृष्ट पहिरन :- निलिमा शर्मा (वितेका पल)
६, सर्वोत्कृष्ट नृत्य निर्देशक :- रिनाशा राई (भिजा गल)
७, सर्वोत्कृष्ट द्वन्द्ध निर्देशक :- हिमाल केसी (वार)
८, सर्वोत्कृष्ट ध्वनी मिश्रण :- दीप तुलाधर (प्रोड्यूसर)
९, सर्वोत्कृष्ट सम्पादक :- लोकेश बज्रचार्य (कर्कश)
१०, सर्वोत्कृष्ट छायांकन :- शैलेन्द्र डी कार्की (वधशाला)
११, सर्वोत्कृष्ट गीतकार :- डाक्टर कृष्णहरी बराल (नाइ नभन्नु ल २ )
१२, सर्वोत्कृष्ट संगीतकार :- बसन्त सापकोटा (रिदम)
१३, सर्वोत्कृष्ट पाश्र्व संगीत :- एलिस कार्की (छ एकान छ)
१४, सर्वोत्कृष्ट म्यूजिक एरेन्जर:- नव क्रान्ती ब्यान्ड (मोक्ष)
१५, सर्वोत्कृष्ट गायक (पुरुष) :- स्वरुपराज आचार्य (रिदम)
१६, सर्वोत्कृष्ट गायक (महिला) :- मिलन अमात्य (नोटबुक)
१७, सर्वोत्कृष्ट हास्य कलाकार :- विल्सन विक्रम राई (प्रोड्यूसर)
१८, सर्वोत्कृष्ट बाल कलाकार:- अनुभव रेग्मी (नाई नभन्नु ल २)
१९, सर्वोत्कृष्ट खलपात्र :- झरना थापा (कोही त छ )
२०, सर्वोत्कृष्ट चरित्र अभिनेता :- दयाहाङ राई (साँघुरो)
२१, सर्वोत्कृष्ट चरित्र अभिनेत्री :- अरुणा कार्की (साँघुरो)
२२, सर्वोत्कृष्ट सह-अभिनेता:-सन्दिप क्षत्री (छ एकान छ)
२३, सर्वोत्कृष्ट सह:-अभिनेत्री प्रियंका कार्की (नाइ नभन्नु ल 2)
२४, सर्वोत्कृष्ट नव अभिनेता :- गौरव पहारी (मञ्जरी)
२५, सर्वोत्कृष्ट नव अभिनेत्री :- पूजा शर्मा (मधुमाश)
२६, सर्वोत्कृष्ट नव निर्देशक :-सुरज भूषाल (मौन)
२७, प्रोत्साहन पुरस्कार :- स्वतन्त्र प्रताप शाह
२८, पपुलर अभिनेत्री :- नम्रता श्रेष्ठ
२९, पपुलर अभिनेता :- जीवन लुईटेल
३०, पपुलर फिल्म :- छ एकान छ
सुनिलकुमार थापाको एस.के. प्रोडक्नसनको आयोजनामा आयोजित अवार्ड समारोहका आयोजक हङकङको ग्रेट पर्फेक्ट कम्पनी रहेको छ । जसमा दुर्गा गुरुङ, कोमल (स्याङ्जाली कान्छा) गुरुङ, सुदर्शन थापा, अर्जुन अतेरी, युवराज गुरुङ, अधिराज राई र बिनय शाह (कार्यक्रम संयोजक) छन भने नेफ्टा अवार्डलाई निकै नै पारदर्शक ढंगले रिचा शर्मा, नरेश भट्टराई, सन्देश क्षेत्री र मेलिना जोशीले सञ्चालन गरेका थिए। कार्यक्रम बेलुकी ०८:०० बजेदेखि शुरु भई मध्य रातको ०१:३० बजे सकिएको थियो ।

भिडियो तल छ , हेर्न नभुल्नुहोला !