Header Ads

देउसी भैलोको नाममा हुने विकृति रोक्न माग

काठमाडौँ, कात्तिक ५ । नेपालीको दोस्रो महान चाड तिहारको अवसरमा खेलिने देउसी भैलोको नाममा हुने विकृति र विसङ्गतीलाई रोक्नुपर्ने माग गरिएको छ ।

बहिर्गमित जनमुक्ति सेना नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जनमुक्ति सेनाका संयोजक लेनिन विष्टले तिहारमा सरकारले बिजुलीबत्ती काट्ने निर्णय गर्नु र द्यौसीभैलोको समयसीमा तोक्नु गलत छ भन्नुभयो ।

वैदिक सनातन हिन्दू परिषद् नेपालका उपाध्यक्ष रामेश्वर थापाले नेपाली एवं हिन्दू संस्कृतिको जगेर्ना तथा संरक्षणका निम्ति पनि द्यौभैलोलाई निरन्तरता दिनुपर्ने तर त्यसैको नाममा विकृति ल्याउन नहुने बताउनुभयो ।

समाजसेवी पुष्कर गौतम र कृष्णनन्द वत्सलगायतले बेलुका ९ बजेपछि पनि द्यौसीभैलो खेल्न पाउनुपर्ने माग गर्नुभयो ।
भिडियो तल छः हेर्नुहोस !
Powered by Blogger.