मलेसियामा एक नेपालीको रहस्यमय मृत्यु,शब नेपाल पठाउन समस्या
प्रदिप राई, क्वालालम्पुर - मलेसिया । जोहोर राज्यको सेनाई सेलासीमा एक नेपाली कामदारको रहस्मय मृत्यु भएको छ । बारा जिल्ला चितपिपरा ८ का कमियालाल तिवारीको मृत्यु भएको हो ।
मलेसियाको बजार लाग्ने स्थानिय पासारमाला बजारमा रक्सी सेवन गरी घुमिरहेका तिवारीको शब नजिकै नालीमा भेटिएको प्रत्यक्षदर्शीहरुले बताएका छन । स्थानिय तथा बजार घुम्न आएकाहरुले नालीमा मृत लास देखेपछि प्रहरीलाई खबर गरी विभिन्न नेपालीहरुलाई सोधपुछ गरेपछि शबको पुष्टि भएको हो ।
नेपालस्थित तिवारीका परिवारलाई खबर गरी शबलाई नेपाल पठाउन पहल सुरु गरिएको नेपाल पठाउनलाई आर्थिक रकम सबै प्रवासी दाजुभाइ साथै दिदी नहिनीहरु बाट सहयोग जुटाई सब नेपाल पठाउने सहयोगी बिकाश पाण्डेले बताउनुभयो । गैरकानुनीरुपमा काम गरिरहेका निजको शब पोष्मार्टमको लागी एक अस्पतालमा राखिएको र नेपाल पठाउन १० हजार आरएम (नेपाली तीन लाख) लाग्ने अनुमान गरिएको मलेसियामा प्रकाशित साप्ताहिक पत्रिका प्रवासी सन्देश जोहरबारुका प्रतिनिधी हेमचन्द्र राईले जानकारी दिनुभयो ।
कम्पनी छोडी अन्यत्र काम गरेको र उनीको आवाश्यक कागजात नभएकाले शबलाई नेपाल पठाउन ढिला तथा बढि पैसा लाग्ने भएको छ । सम्पुर्ण देश तथा बिदेशमा कार्यरत नेपालीहरुलाई मानवियताको नाताले सक्दो सहयोग गरिदिन समेत सहयोगी पाण्डेले अनुरोध गरेका छन ।
दुईवर्ष अगाडी रोजगारीको क्रममा सेनाईको पिरिन्डु स्थित अल्टम कम्पनीमा कार्यरत कमिया राम्रो काम र भनेजस्तो तलब नपाएपछि अबैधानिकरुपमा होटल तथा अन्यत्र ठाउँमा काम गदै गुजरा चलाईरहेका थिए ।

भिडियो तल राखिएको छ हेर्नुहोस !