Header Ads

एसियाडमा कोरिया पुगेको जम्बो टोलीले के-के कर्तुत ग-यो ? फाइन नै तिर्नुपर्ने गरि !

काठमाडौ, कात्तिक ५ । खेलाडी र पदाधिकारीले फोहोर गर्दा १७ औं एसियन खेलकुद प्रतियोगिता –एसिया)को आयोजनलाई नेपालले जरिवाना तिर्नु परेको छ । आफू बसेको भिलेजको कोठामा भित्ता बिगारेको ,फोहोर पोतेको र ढोकासमेत भाँचेको भन्दै आयोजकले क्षतिपूर्ति तिराएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एसियाडमा खेलाडीहरुले कोठा फोहोर गर्दा नेपालले तीन हजार डलर तिरेको खुलासा गरेका हुन् । उनले लेखेका छन्,‘लाजमर्नु भयो,नेपालका खेलाडीले भित्ता कोरेको,कोठा विगारेको आदिको जरिवाना तीन हजार डलर राखेपले तिर्यो । १७ औं एसियन खेलकुद आयोजकलाई ।’

दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियाडमा सहभागि नेपाली टोलीका सेभ द मिसन छिमी उर्गेन गुरुङले पनि खेलाडी र पदाधिकारीका कारण आयोजकले नेपाललाई जरिवाना गराएको स्वीकारे । उनले भने,‘खेलाडी र पदाधिकारीले गरेको नराम्रो कामका कारण नेपाललाई जरिवाना लागेको हो ।’

इन्चोन भिलेजका लागि नेपालले राखेको डिपोजिटबाट जरिवाना तिरिएको गुरुङले जानकारी दिए । नेपालले ९४ लाख पाँच हजार रुपैयाँ डिपोजिट गरेको थियो । भिलेज खर्च र जरिवाना कटाएर आयोजकले १६ लाख एक सय १२ रुपैयाँ फिर्ता गरेको उनको भनाइ छ ।
भिडियो तल राखिएको छ, हेर्नुहोस !

Powered by Blogger.