आइसीसी विश्व क्रिकेट लिगः नेपाल र युगाण्डाबीचको खेल जारी
काठमाडौं, कात्तिक ६ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीमा अहिले नेपाल र युगाण्डाबीच खेल चलिरहेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमीमा चलिरहेको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । युनाण्डासँगको खेलबाट नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि रक्षा यात्रा थाल्दैछ । डिफेण्डिङ च्याम्पियन नेपाल र युगाण्डाबीचको खेल नेपाली समय अनुसार विहीबार विहान ८ बजे किनरारा ओभलमा हुनेछ, जुन खेलको अनलाइनखबरले लाइभ अपडेट गर्नेछ ।
श्रीलंकामा अभ्यास गरेर सिधै मलेसिया आएको टोली पहिलो खेलका लागि तयार देखिएको छ । कप्तान पारस खड्का अनुसार टोलीका सबै खेलाडी फिट छन् । ओपनिङ सुवास खकुरेल र नेरश बुढायरले गर्नेछन् । बुधबार क्वालालाम्पुरमा आयोजित काप्टेन प्रेसमिटमा कप्तान पारस खड्काले श्रीलंका भ्रमणपछि नेपाली टीम राम्रो तयारीका साथ आएको बताए ।
उपाधि रक्षा नै नेपालको लक्ष्य भएको भन्दै उनले भने-राम्रो गर्न सक्ने क्षमता छ । चाहिएको बेला खेल्न सक्नुपर्छ हामीले ।’
हरेक खेलमा जित मात्र नभए रन रेट समेत महत्वपूर्ण हुने भन्दै नेपाली टीमका कप्तान खड्काले कुनै पनि टिमलाई कमजोर आाक्न नमिल्ने बताए । युगाण्डाका कप्तान फ्राङ्क नुसुबुगाले यसअघि भएका तीन मध्ये दुइ नेपाल र एक युगाण्डाले जितेको भन्दै राम्रो खेल्न प्रयास गर्ने बताए ।

सम्बन्धित भिडियो तल छ, हेर्न नभुल्नुहोला !