कान्छी श्रीमतीको हत्या गर्ने श्रीमान् र जेठी श्रीमती पक्राउ परेपछी गाउँभरि हङ्गामा
सिरहा, ४ कात्तिक । कान्छी श्रीमतीको हत्या गर्ने श्रीमान् र जेठी श्रीमतीलाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा पूर्व कुशहा–९ सुनसरीका राजकुमार शर्मा र उहाँकी जेठी श्रीमती रीना शर्मा छन् ।
जेठी श्रीमतीसँग मिलेर शर्माले कान्छी श्रीमती नितु पूर्वेलाई हत्या गरेको अनुसन्धानबाट खुलेपछि उनीहरुलाई विराटनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । उहाँले हत्यामा अन्य व्यक्तिको पनि संलग्नता रहेको अनुसन्धानबाट खुलेको र ती व्यक्तिको खोजी जारी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पारिवारिक विवादका कारण नितुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान जारी छ ।” नितुको हत्या असोज २४ गते शुक्रबार राति उनको ससुराली सिरहाको पडरिया गाविस–९ मा हत्या भएको थियो ।
उनको शव प्रसिद्ध धार्मिक स्थल सलहेश फूलबारी जाने बाटोमा पर्ने कल्भर्टमुनि फेला परेको थियो ।

भिडियो तल राखेको छ हेर्नुहोस !