Header Ads

एउटा विचित्रको गाउँ, जहाँ सबै नाङ्गै बस्छन् - फोटोफिचर सहित

nude-village-22
एजेन्सी । संसारका कयौ देशका निवासी मानिस उनीहरुको राज्य र गाउँमा विचित्र भेषभुषाका लागि संसारभर चिनिन्छन्।तर, यसविपरीत एउटा यस्तो गाउँ पनि छ जहाँका बासिन्दा नाङ्गै रहेका कारण चिनिन्छन्।
एक अंग्रेजी वेभसाइटका अनुसार बेलायतको हर्टफोर्डशेयरको ब्रिकेटवुडमा एउटा सानोगाउँ छ । जसको नाम ‘स्पीलप्लाट्स’ हो । गत ८५ वर्षदेखि यो गाउँबासी नाङ्गै बस्ने गरेका छन् । गाउँका महिला हुन् कि पुरुष उनीहरु नाङ्गै बस्छन्।
अब उनीहरुको अनौठो जीवनशैलीलाई ‘द न्युडिस्ट नेक्स्ट डोर’ नामको डकुमेन्ट्रीका लागि सूट गरिँदैछ । यो गाउँमा वर्षौदेखि बस्दै आएका गाउँलेका अनुसार उनीहरुको यसप्रकारको जीवनशैली आम हो। यो गाउँ सन्१९२९ मा इसुल्ट रिचर्डसनले पत्ता लगाएका थिए । गाउँबासीहरुका अनुसार उनीहरु प्रकृतिको नजिक र विल्कुल प्राकृतिक भएर बाँच्न चाहन्छन्।
यो गाउँका अधिकांश मानिस वृद्धवृद्धा छन्। यहाँ ३४ जोडी यस्ता छन् जो स्थायी रुपमै यहाँ बस्छन्। कतिपय यस्ता छन् जो भाडामा पाइने घर लिएर विदा मनाउन आएका छन्। यी पर्यटक केही दिनका लागि अन्य गाउँबासीकै जीवनशैलीमा बिताउँछन्।
नियमका विषयमा यो गाउँमा त्यतिधेरै कडाई छैन । उनीमध्ये कसैले कपडा लगाउन चाहे त्यसलाई पनि सहज रुपमा स्वीकार गरिन्छ । चिसो लाग्दा वा आफूलाई इच्छा लागे कपडा लगाउन पनि सकिन्छ । यो गाउँबासीको आफ्नो पब छ, स्वीमिङ पुल, भवन र खाने बस्ने सबै व्यवस्था छ । यस गाउँका बारेमा मानिसहरु धेरैलाई जानकारी छैन । तैपनि यो गाउँलाई आवश्यक पर्ने सामान बाहिरी सहरबाट आरामसँग पुग्ने गर्दछ । nude-village-1 nude-village-3 nude-village-4
Powered by Blogger.